हाम्रो बारेमा

हाम्रो मिसन

नेपाली जनताको मुक्ति, स्वतन्त्रता, स्वाभिमान र जनअधिकारका लागि जङ्गबहादुर राणा जस्ता क्रुर तानाशाह विरुद्ध जनस्तरबाट सशस्त्र विद्रोह गर्दा राज्यबाट निर्ममतापूर्वक मारिएका देशकै पहिला क्रान्तिकारी नेता क्या. लखन थापा मगरलाई जनजनमा बसाउन, उनको संघर्ष, योगदान र बलिदानको गाथालाई अमर बनाइ राख्न एक “प्रथम सहिद लखन सांस्कृतिक संग्रहालय” निर्माण गर्न अति आवश्यक भएको ।

हाम्रो भिजन

जङ्गबहादुरको निरंकुश शासन सत्तालाई खुलेआम चुनौती दिँदै हुकुमी शासकका अन्याय, अत्याचारबाट देश र जनतालाई मुक्त गराउन सशस्त्र बिद्रोह गरेका क्या. लखन थापा मगर र उनका सहयोद्धाहरुको क्रान्तिकारी जीवनी नेपाली समाजलाई बुझाउन र सहिदका अधुरा सपनाहरु साकार बनाउँदै अन्याय अत्याचार विरुद्ध संगठित भएर लड्न भावि पुस्तालाई प्रेरित गर्न यो संग्रहालय निर्माण गर्न आवश्यक भएको ।

हाम्रो उद्देश्य

राणा शासनविरुद्ध प्रजातन्त्रको लागि सर्वप्रथम आफ्नो ज्यानको आहुति दिनुहुने क्या. लखन थापा मगरलाई प्रथम सहिद घोषणा गराउन संघले निरन्तर अगुवाई गरेकै कारण २०५६ फागुन ११ मा सहिद र २०७२ असोज ३ मा मात्रै सरकारबाट देशको प्रथम सहिद घोषणा गरिएको भए तापनि राज्य उनका बारेमा विस्तृत अध्ययन गरी प्रथम सहिदलाई दिनु पर्ने उचित सम्मानको लागि सरकार माैन र उदासिन रहेको परिप्रेक्ष्यमा प्रथम सहिद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गराउन, उनको सालिक सहिदगेटका साथै देशैभर स्थापित गराउन, तत्कालीन सहिदहरुबारे अध्ययन अनुसन्धान गर्न चाहने विद्वतवर्गका लागि एक निश्चित स्थान निर्माण गर्न आवश्यक भएकोले देशका अन्य भागमा संग्रहालय भवन निर्माण गर्ने संकल्पसहित नेपाल मगर संघ केन्द्रीय समितिले ईच्छुक महानुभाव एवं सरकारको सहयोगमा काठमाडौंमा सुविधायुक्त आधुनिक राष्ट्रिय संग्रहालय निर्माण तथा संचालन गर्न आवश्यक नीति तथा कार्यक्रमसहित अघि बढ्ने संग्रहालयको मुख्य उद्देश्य हुनेछ ।

Technology

प्रथम सहिद लखन सांस्कृतिक संग्रहालय

नेपाल मगर संघले गरी आएका आफ्नै भाषा, भेषभुषा, धर्म, संस्कार, संस्कृतिको पहिचानसँगै मगर आमाको कोखमा जन्म लिई राष्ट्रका लागि अतुलनीय योगदान गरी इतिहास रच्नु हुने हाम्रा अग्रज पुर्खाहरुको खोजी तथा अनुसन्धान गर्ने क्रममा १०४ वर्षे निरंकुश राणा शासनका विरुद्ध आवाज बुलन्द गर्दै प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सर्वप्रथम आफ्नो ज्यानको आहुति दिनुहुने क्या. लखन थापा मगरलाई प्रथम सहिद घोषणा गरियोस् भनी संघको अगुवाईमा पटक-पटक विभिन्न दवावमूलक कार्यक्रम भयो । फलतः २०५६ सालमा सहिद घोषणा भए तापनि उनी विसं २०७२ असोज ३ गते मात्रै नेपाल सरकारबाट देशको प्रथम सहिद घोषणा गरिए । यद्दपि राज्य उनका बारेमा अध्ययन अनुसन्धान गरी प्रथम सहिदलाई दिइनु पर्ने उचित सम्मानको हकमा अझै मोन र उदासिन छ। त्यसकारण प्रथम सहिद क्या. लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गराउन, उनको सालिकलाई काठमाडौं स्थित सहिदगेटका साथै देशैभर स्थापित गराउन, उनको बारेमा बृहत्तर खोज, अध्ययन, अनुसन्धान गराउन र उनको बारेमा अध्ययन अनुसन्धान गर्न चाहने विद्वतवर्गका लागि एक निश्चित स्थान निर्माण गर्नुपर्ने आवश्यकता महशुस गरी देशका सबै जिल्ला र प्रदेशमा संग्रहालय भवन निर्माण गर्ने संकल्पसहित नेपाल मगर संघ केन्द्रीय समितिले काठमाडौं उपत्यका भित्र सुविधायुक्त एवं आधुनिक राष्ट्रिय संग्रहालय निर्माण गर्ने ।

सहयोग दाताहरुलाई गरिने सम्मान

रु एक हजार भन्दा बढी सहयोग गर्ने दाताको नाम सहयोग रकमको आधारमा क्रमसंख्या निर्धारण गरी लखन संग्रहालय पुस्तिका र वेवसाइटमा लिपिबद्ध गरिनेछ ।
रु पाँच हजार भन्दा बढी सहयोग गर्ने दाताको फोटो सहितको नाम सहयोग रकमको आधारमा क्रमसंख्या निर्धारण गरी लखन संग्रहालय पुस्तिका र वेवसाइटमा लिपिबद्ध गरिनेछ ।
रु दश हजार भन्दा बढी सहयोग गर्ने दाताको नाम शिलालेखमा लेखिनेछ र फोटोसहितको नाम सहयोग रकमको आधारमा क्रमसंख्या निर्धारण गरी लखन संग्रहालय पुस्तिका र वेवसाइटमा लिपिबद्ध गरिनेछ भने सहयोगी व्यक्तिलाई संग्रहालयको आजीवन सदस्यता प्रदान गरिनेछ ।
रु पच्चिस हजार भन्दा बढी सहयोग गर्ने दाताको नाम र निजले इच्छाएको एक व्यक्तिको नाम शिलालेखमा लेखिनेछ र दुवैजनाको फोटोसहितको नाम सहयोग रकमको आधारमा क्रमसंख्या निर्धारण गरी संग्रहालय पुस्तिका र वेवसाइटमा लिपिबद्ध गरिनेछ भने सहयोगी व्यक्तिलाई संग्रहालयको आजीवन सदस्यता प्रदान गरिनेछ ।
रु पचास हजार भन्दा बढी सहयोग गर्ने दाताको नाम र निजले इच्छाएको एक व्यक्तिको नाम शिलालेखमा लेखिनेछ र दुवैजनाको फोटोसहितको नाम सहयोग रकमको आधारमा क्रमसंख्या निर्धारण गरी संग्रहालय पुस्तिका र वेवसाइटमा लिपिवद्ध गरिनेछ भने सहयोगी व्यक्तिलाई संग्रहालयको आजीवन सदस्यता प्रदान गरिनेछ । साथै दुई जनाको फोटो सभाहलमा राखिने छ ।
रु एक लाख भन्दा बढी सहयोग गर्ने दाताको नाम र निजले इच्छाएको एक व्यक्तिको नाम शिलालेखमा लेखिनेछ र दुवैजनाको फोटोसहितको नाम सहयोग रकमको आधारमा क्रमसंख्या निर्धारण गरी संग्रहालय पुस्तिका र वेवसाइटमा लिपिबद्ध गरिनेछ भने सहयोगी व्यक्तिलाई संग्रहालयको आजीवन सदस्यता प्रदान गरिनेछ। साथै परिवारको फोटो सभाहलमा राखिनेछ र संग्रहालय उद्घाटन कार्यक्रममा विशेष सम्मान गरिनेछ ।
रु पाँच लाख भन्दा बढी सहयोग गर्ने दाताको फोटोसहितको नाम शिलालेखमा लेखिनेछ र दुवैजनाको फोटोसहितको नाम सहयोग रकमको आधारमा क्रमसंख्या निर्धारण गरी संग्रहालय पुस्तिका र वेवसाइटमा लिपिबद्ध गरिनेछ भने सहयोगीलाई संग्रहालयको आजीवन सदस्यता प्रदान गरिनेछ । साथै परिवारको फोटो सभाहलमा राखिनेछ र संग्रहालय उद्घाटन कार्यक्रममा विशेष सम्मान गरिनेछ ।
रु दश लाख भन्दा बढी सहयोग गर्ने दाताको फोटोसहितको नाम शिलालेखमा लेखिनेछ र निजले इच्छाएको व्यक्तिको नामबाट संग्रहालयको विभिन्न कक्षहरुको नामकरण गरिनेछ । फोटोसहितको नाम सहयोग रकमको आधारमा क्रमसंख्या निर्धारण गरी संग्रहालय पुस्तिका र वेवसाइटमा लिपिबद्ध गरिनेछ भने सहयोगीलाई संग्रहालयको आजीवन सदस्यता प्रदान गरिनेछ । साथै परिवारको फोटो सभाहलमा राखिनेछ र संग्रहालय उद्घाटन कार्यक्रममा विशेष सम्मान गरिनेछ ।
रु पन्ध्र लाख भन्दा बढी सहयोग गर्ने दाताको फोटोसहितको नाम शिलालेखमा लेखिनेछ र निजले इच्छाए‌को व्यक्तिको नामबाट संग्रहालयका विभिन्न मिनीहलहरुको नामकरण गरिनेछ । फोटोसहितको नाम सहयोग रकमको आधारमा क्रमसंख्या निर्धारण गरी संग्रहालय पुस्तिका र वेवसाइटमा लिपिबद्ध गरिनेछ भने सहयोगीलाई संग्रहालयको आजीवन सदस्यता प्रदान गरिनेछ । साथै परिवारको फोटो सभाहलमा राखिनेछ र संग्रहालय उद्घाटन कार्यक्रममा विशेष सम्मान गरिनेछ ।
रु पच्चिस लाख भन्दा बढी सहयोग गर्ने दाताको फोटोसहितको नाम शिलालेखमा लेखिनेछ र निजले इच्छाएको व्यक्तिको नामबाट संग्रहालयको विभिन्न तल्लाको नामकरण गरिनेछ । फोटोसहितको नाम सहयोग रकमको आधारमा क्रमसंख्या निर्धारण गरी संग्रहालय पुस्तिका र वेवसाइटमा लिपिबद्ध गरिनेछ भने सहयोगीलाई संग्रहालयको आजीवन सदस्यता प्रदान गरिनेछ। साथै परिवारको फोटो सभाहलमा राखिनेछ । संग्रहालय उद्घाटन कार्यक्रममा विशेष सम्मान गरिनेछ ।
रु पचास लाख भन्दा बढी सहयोग गर्ने दाताको फोटोसहितको नाम शिलालेखमा लेखिनेछ र निजले इच्छाएको व्यक्तिको नामबाट संग्रहालयको सभाहलको नामकरण गरिनेछ । फोटोसहितको नाम सहयोग रकमको आधारमा क्रमसंख्या निर्धारण गरी संग्रहालय पुस्तिका र वेवसाइटमा लिपिबद्ध गरिनेछ भने सहयोगी व्यक्तिलाई संग्रहालयको आजीवन सदस्यता प्रदान गरिनेछ । साथै परिवारको फोटो सभाहलमा राखिनेछ र संग्रहालय उद्घाटन कार्यक्रममा विशेष सम्मान गरिनेछ ।
रु एक करोड भन्दा बढी सहयोग गर्ने दाताको फोटोसहितको नाम शिलालेखमा लेखिनेछ र निजले इच्छाएको व्यक्तिको अर्धकदको प्रतिमा निर्माण गरिनेछ । फोटोसहितको नाम सहयोग रकमका आधारमा क्रमसंख्या निर्धारण गरी संग्रहालय पुस्तिका र संस्थाको वेवसाइटमा लिपिबद्ध गरिनेछ भने सहयोगीलाई संग्रहालयको आजीवन सदस्यता प्रदान गरिनेछ। साथै परिवारको फोटो सभाहलको भित्तामा राखिनेछ र संग्रहालय उद्घाटन कार्यक्रममा विशेष सम्मान गरिनेछ ।
रु पाँच करोड सहयोग गर्ने दाताको फोटो सहितको नाम शिलालेखमा लेखिनेछ र निजले इच्छाएको व्यक्तिको पूर्णकदको प्रतिमा निर्माण, भवनको नामाकरण र एउटा तल्ला निजको सम्पूर्ण जानकारी समेटिएको विशेष प्रदर्शनी हल निर्माण गरिनेछ । फोटोसहितको नाम सहयोगरकमको आधारमा क्रमसंख्या निर्धारण गरी संग्रहालय पुस्तिका र वेवसाइटमा लिपिबद्ध गरिनेछ भने सहयोगीलाई संग्रहालयको आजीवन सदस्यता प्रदान गरिनेछ। साथै परिवारको फोटो सभाहलमा राखिनेछ र संग्रहालय उद्घाटन कार्यक्रममा विशेष सम्मान गरिनेछ ।

बारम्बार सोधिने प्रश्नहरू

बैंक हस्तान्तरण, ई-सेवा, मोबाइल बैंकिङ, ऑनलाइन बैंकिङ, वा सीधै बैंक खातामा जम्मा गरेर दान गर्न सकिन्छ।

सबै योगदान र खर्चको विवरण नियमित रूपमा आधिकारिक वेबसाइट वा सोशल मिडियामा प्रकाशित गरिनेछ। दानदाताले रसिद र अपडेट प्राप्त गर्न सक्नुहुनेछ ।

हो, अन्तर्राष्ट्रिय बैंकिङ, वेस्टर्न युनियन वा रेमिट्यान्स मार्फत सहयोग गर्न सकिन्छ । विदेशी मुद्रा स्वीकार्य छ ।

न्यूनतम तपाईंले सक्षम भए अनुसार रु. १,०००/- (एक हजार) देखि ५,००,००,०००/- (पाँच करोड) सम्म दान गर्न सक्नुहुन्छ ।

दानदाताको अनुमति लिएर संग्रहालयको दानदाताको नाम दान रकमको आधारमा आधिकारिक माध्यममा नाम प्रकाशित गरिनेछ। गोपनीयता चाहनेले अनुरोध गर्न सक्नुहुन्छ।

फोन : +977-985-1424333

ईमेल : info@nepalmagarsangh.com

वेबसाइट : www.nepalmagarsangh.com